जसपा नेता प्रमोद साहमाथि कुटपिट, ३ जना पक्राउ

प्रकाशित:

जसपा नेता प्रमोद साहमाथि कुटपिट, ३ जना पक्राउ

काठमाडौं, वैशाख ३

जनता समाजवादी पार्टी (जसपा) का नेता प्रमोद साहमाथि कुटपिट भएको छ।

गत शनिबार बेलुकी करिब ११ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ मा साहसहित चार जनामाथि कुटपिट भएको हो।

पूर्वसांसदसमेत रहेका साहलगायतमाथि कुटपिट गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले साहलगायतमाथि कुटपिट घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

दबलपघटनामा साहसहित चार जना घाइते छन्। राजेन्द्र महतो, निकेश साह र रवि पासवान घाइते रहेको उनले बताए। जसपा नेता साहको टाउकोमा सामान्य चोट लागेको छ।

शनिबार बेलुकी राजेन्द्र महतो आफ्नो खेतमा पानी लगाएर फर्किँदै थिए। उनी मोटरसाइकलमा फर्किँदै गर्दा बाटोमा एक समूहले रोकेका थिए। विवाद भएपछि पूर्वसांसद साहलगायतलाई राजेन्द्रले बोलाएका थिए। त्यही क्रममा उक्त समूहले चार जनामाथि कुटपिट गरेका हुन्।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आर्यन चौधरी, सिद्धानज्त चौधरी र सरोज माझीलाई नियन्त्रणमा लिएको छ। चार जना अझै फरार रहेको डिएसपी श्रेष्ठले बताए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

जसपा नेता साहले उनीहरूविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार