प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भनेः– कांग्रेसले चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

प्रकाशित:

फागुन ३०। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए।

अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो: ओलीले भने।

अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए। बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार