आज इद मनाइँदै

प्रकाशित:

काठमाडौं । आज इस्लाम धर्मावलम्बीको पर्व इद-उल-फित्र एकआपसमा शुभकामना आदान-प्रदान गरेर मनाइँदै छ । इद तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।

बुधबार चन्द्रमा नदेखिएकाले आज ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात दान यही महिनामा दिइन्छु, उनले भने, हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार