महेन्द्रनगर । बुद्धशान्ति नगरपालिका झापाका ५२ वर्षिय धावक जिवननाथ अधिकारी काकरभिट्टाको मेची पुलबाट दौड शुभारँम्भ गरी २२ औं दिनमा महाकाली पुगेका छन् ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सचेतना अभियानका लागि धावक जिवननाथ अभिकारी यहि चैत्र ७ गते मेची महाकाली दौडको शुभारम्भ गरी २२ औं दिनमा कञ्चनपुरको महाकाली पुगेका हुन् ।

पछिल्लो समय लागु औषधको दलदलमा फसिरहेका युवाहरुलाई खेलकुदमा अभिप्रेरित गर्दै युवा सहभागिता बढाउने आत्मविश्वासको साथ ५२ वर्षिय (धावक) जीवननाथ अधिकारी मेची महाकाली दौड अभियानमा मेची नदिको पानी साथमा बोकेर कञ्चनपुर पुगेका हुन ।

धावत अधिकारीलाई कञ्चनपुरको गड्डाचौकी सीमानामा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वडा अध्यक्ष ,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख शसस्त्र प्रहरीका डिआजी,खेलकुद विकास समितिका पदाधिकारी, गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख सरोकारवाला निकायहरुले भब्य स्वागत गरेका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले मेची होस या महाकाली हो हामी सबै नेपाली एउटै बगैचाको फुल जस्तै भएको बताएका छन् । मेची महाकाली दौड अभीयानमा महाकाली पुगेका जीवननाथ अधिकारी लगाएत उहा संगै कञ्चनपुर आएका पाहुनाहरुलाई स्वागत गर्ने पाउदा आपुलाई निकै खुसी लागेको बताएका छन् ।
विगत ४० वर्ष देखी दौडलाई निरन्तरता दिदै आईरहेका अधिकारीले ५२ वर्षको उमेरमा मेचीबाट दौड लगाउदै महाकालीलाई अन्तिम विन्दु बनाई दौडको विटमार्ने अठोट रहेकोले आज अठोट पुरा भएको बताएका छन् ।
कञ्चनपुर पुगेर भने ‘राष्ट्रले मलाई सम्मान नगरेपनी मैले ४० वर्ष दौडमा बिताए’‘४० वर्षको दौड जिवनमा आज मेचीबाट महाकाली पुगेर कञ्चनपुरमा ठुलो सम्मान पाए’‘,कञ्चनपुर आएर सबैले गरेको सम्मान पाउदा निकै खुसी लागेको बताए ।
जीवननाथ अधिकारीले मेची नदीबाट बोकेको पानी कञ्चनपुरको महाकालीमा नदीको पानीमा मीसावट गरेका थीए ।मेची महाकाली दौड सचेतना अभियानमा झापाबाट युवा,समाजसेवी,जनप्रतिनिधि लगाएतको २६ जनाको टिम महाकाली भ्रमणमा आएको थियो ।


