खाद्य व्यापार कम्पनीको सूचना रद्द गर्न माग

प्रकाशित:

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वस पार्क पछाडिको आफ्नो जग्गा खाली गर्न सूचना जारी गरेपछि व्यवसायीहरुले संघर्ष समिति गठन गरी विभिन्न माग अघि सारेका छन् । नयाँ बजार संघर्ष समिति गठन गरी उनीहरुले आफूहरुलाई हटाउने सूचना रद्द गर्न पर्ने लगायतका मागहरु राखेर हटाउन खोजिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

तत्कालिन नेशनल ट्रेडिङ्गले १० वर्ष अघि भीमदत्त नगरपालिका ४ का महेश जोशीलाई झण्डै दुई बिगाहा जग्गा भाडामा दिएपछि बजार विस्तार गरिएको थियो । अहिले खाद्य व्यापार कम्पनी लि। स्वामित्वमा आएका जग्गालाई खाली गर्न चैत १५ गते १५ दिने सूचना जारी गरिएको थियो ।

नयाँ बजार संघर्ष समितिले सूचना रद्द गरिनु पर्ने, कम्पनी आफैले भाडा उठाउनु पहल गर्नु पर्ने, कम्पनीलाई भाडा नबुझाउने ठेकेदारलाई कारवाही, ठेक्का सम्झौता अनुसारको अवधि यथावत राखिनु पर्ने लगायतका मागहरु राखिएका छन् ।

नयाँ बजार संघर्ष समितिले नेपाल पत्रकार महासंघ लगायतका विभिन्न नियकामा बुझाएको ज्ञापनमा आफूहरुले महेश जोशीलाई जग्गा वापत ५० हजारदेखि २ लाखसम्म रकम दिएको खुलासा गरेका छन् । जोशीले व्यवसायीहरुबाट रकम लिएर निश्चित भाडा पसल टहरा बनाउन दिएका थिए ।

संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका , उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, नेकपा विप्लव, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा नेपाल, भीमदत्त नगरपालिका वडा नं। ४ लाई ज्ञापन पत्रको बोधार्थ दिइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार