महेन्द्रनगर । कञ्चनपुरमा आन्तरिक पर्यटनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ् । निकुञ्जमा आन्तरिक पर्यटन प्रर्बद्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो ।

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस वर्ष समेत सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेको छ् । भीमदत्त नगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत वर्षको निरन्तरता गर्दै उक्त वर्ष समेत महोत्सव शुरु भएको बताए । उनले भने, ‘पहिलो दिन बन्यजन्तुको खानेपानीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको रानी तालको जेसिभीदेखि सरोकारवालाहरुले सरसफाई गरेर पर्यटन महोत्सवको शुरुवात गरिएको छ् ।

दोस्रो दिन बुधबार पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत देखि लिएर चरा अवलोकन, जंगलमा पैदल यात्रा, तेस्रो दिन मैत्रिपुर्ण फुटबल संचालन हुने उनले बताए ।’ महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनु पर्नेमा जोड् दिएका छन् । त्यसैगरी महोत्सव उद्घाटन कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।

पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक सम्बृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्याउनु पर्नेमा जोड् दिएका छन् । उनले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए ।’ त्यसैगरी भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले नगरपालिकाले पर्यटन बृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिदै आगामी वर्षहरुमा समेत थप पुरस्कृत बनाउने बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रर्बद्धनका लागि अग्रसरमा जोड दिएका छन् । उनले यस बीचमा सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिने बताए ।
त्यसैगरी कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बा्रहसिङ्गकै शहरको रुपमा विकसित गराउनु पर्नेमा जोड दिएका छन् भने, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाटा सुप प्रदेशका अध्यक्ष पदम विक्रम सिहले पर्यटन प्रर्बद्धनका लागि निजी क्षेत्रलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने बताए । उनका अनुसार तीन दिनसम्म संचालन हुने महोत्सवमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्याप्रर्यटनका लागि महोत्सव गर्दै आएको बताए ।