क्रिकेट खेलकुद प्रतियोगितामा बिन्द्रावन सामुदायिक वन उपभोक्ता समूह पहिलो दिनमै प्रथम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आज देखि क्रिकेट खेलकुद प्रतियोगिता सुरु भएको छ् ।

श्री बिन्द्रावन सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबार देखि उक्त क्रिकेट खेलकुद प्रतियोगिता सुरू भएको हो ।

उक्त खेलकुद प्रतियोगितामा भागवती सामुदायिक वनलाई पराजित गर्दै श्री बिन्द्रावन समुदायक उपभोक्ता समूहले पहिलो दिनमै प्रथम जित हासिल गर्न सफल समेत भएको छ् ।

भागवती सामुदायिक वनले ब्याटिङ गर्दै १० ओभरमा ५० रन गरेर ९ विकेट गुमाएको थियो भने, श्री बिन्द्रावन सामुदायिक वनले ४ ओभरमा ५१ रन गरेर १ विकेट गुमाएर उक्त क्रिकेट प्रतियोगिता जितेको थियो ।

त्यसैगरी उक्त नगरपालिकाको वडा कार्यालय भित्र रहेको श्री बिन्द्रावन समुदायक उपभोक्ता समूहले आयोजना गरेको उक्त क्रिकेट खेलकुद प्रतियोगिता फागुन १८ देखि २१ गते सम्म सञ्चालन गरिने बिन्द्रावनका अध्यक्ष मोहन ऐरले बताएका छन् ।

वनका अध्यक्ष ऐर र उक्त वडा कार्यालयका वडासदस्य टेक चौधरीले क्रिकेट खेलकुद प्रतियोगिताको उद्घाटन गरेर सञ्चालन गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार