एडिबीको सडक निर्माणमा भीमदत्त आफैं बाधक

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्माण कार्य बन्द गराएपछि कटानस्थित सरस्वती टोलमा खनिएको नालीका कारण दुर्घटना हुने चिन्ता बढेको छ । एशियाली बिकास (बैंकएडिबी) ऋण अनुदानको सडक निर्माण अन्र्तगत गत माघमा एक सय ८० मिटर नाली खनेर निर्माण कार्य बन्द गरिएको थियो । एक महिनासम्म नाली खनेर निर्माण छाडिएपछि टोल वासिन्दा दुर्घटना हुने चिन्तामा परेका छन् । सरस्वती टोलका रन सिह भण्डारीले नाली खनेर छाडिएपछि नालीमा बालबालिका, चौपाया र सवारी साधन खस्न सक्ने जोखिम देखिएको बताए । ‘नाली खनेर त्यसै छाडिएको छ, यसले दुर्घटनामा हुने चिन्ता छ, नालीमा कोही खस्न सक्छन् भन्ने चिन्ता छ’ उनले भने ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्देशनमा एडिबीको कन्सलटेन्सीका इन्जिनियर गिरीश चन्दले निर्माण कार्य रोक्का गर्न लगाएका थिए । त्यसपछि स्थानीयले निर्माण सुरु गराउन प्रशासन कार्यालय, एडिबी, ठेकेदार कम्पनी र भीमदत्त नगरपालिका गुहार्दै आएका छन् । ‘माघ १६ गतेदेखि नाली खन्न थालियो, १८ गते बन्द भयो, त्यो दिन अलिकति पानी परेको थियो, त्यही भएर काम बन्द भएको हो किन भनेर सोचेका थियौ’ स्थानीय भण्डारीले भने,‘तर पछि फोन गर्दा त फोन गर्दा त मेयरले भनेर रोकिएको हो भन्ने कुरा आयो, एडिबीको कन्सलटेन्सीका इन्जिनियरले आफूलाई मिसगाइड गरेको भन्ने कुरा गर्नु भयो ।’

एडिबीको कन्सलटेन्सीका इन्जिनियर चन्दले मेयर बोगटीले स्थानीयले विरोध गरेका काम रोक्का गर्न आग्रह गरेको स्थानीयलाई बताएका थिए । स्थानीयले निर्माण कार्यमा विरोध नभएको र आपूmहरु निर्माण कार्यको पक्षमा भएको बताएका थिए । निर्माण कार्य रोकिएपछि टोलका वासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले सडक निर्माण कार्य सुरु गर्नका लागि पहल गरि दिन प्रशासनमा निवेदन दिएका हुन् ।

एडिबीको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत गत वर्ष टोलको पूर्व र पश्चिम दुबैतिर सडक निर्माण गरिएको थियो । पूर्वी क्षेत्रमा सडक निर्माण कार्य सकिएको छ । पूर्व र पश्चिम दुबैतिर ७ सय ६० मिटर चौडाईमा सडक निर्माण गरिएको छ । भीमदत्तले अहिले नाली खनिएको बिचमा भागमा एबिडीको मापदण्ड अनुसार ८ मिटर सडक बनाउनु पर्ने बताउँदै निर्माण रोक्का गरेको हो । सडक निर्माण गरिएका पूर्वी क्षेत्रका केही वासिन्दाको दबावमा मेयर बोगटीले निर्माण रोक्का गर्न लगाएको स्थानीय बताउँछन् ।

गत वर्ष सडक निर्माण भएका स्थानीयले आफूहरुलाई क्षतिपूर्ति वा बाँकी परिवारको पर्खाल सहितका संरचना भत्काउनु पर्ने माग राखेका छन् । त्यसमा मेयर बोगटीका नातेदार काँग्रेसका नेता सहितका स्थानीय छन् । टोलका वासिन्दाले सडक निर्माण रोकिएपछि छलफल समेत गरेका छन् । सडक निर्माणका लागि चन्द्रदेब पाण्डेय, नारायण चन्द सहित तीन परिवारको घडेरी भएर नाली खनिएको छ । टोलका वासिन्दा गजेन्द्र बिक्रम थापाको घरसम्म नाली पुगाएर छाडिएको हो । थापाले सडक निर्माणका लागि मेयर, उप मेयर, एडिबी, सहरी विकास लगायत सबै निकायसम्म पुगेको बताए ।

भीमदत्तका मेयर उप मेयर सहितलाई स्थानीयले सडक अनुगमनका लागि पटक पटक आग्रह गरेका छन् । उनीहरु निर्माण स्थलमा जान समेत डराएका छन् । सडक निर्माण अघि त्यस क्षेत्रमा भीमदत्तका तत्कालिन प्रवक्ता स्वर्गिय महेन्द्र खड्का, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट सहित जनप्रतिनिधि पुगेका थिए । अहिले सडक निर्माण बन्द भएपछि जनप्रतिनिधि जान सकेका छैन् । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बम भीनपा १८ का वासिन्दा हुन् । स्थानीय थापाले उप मेयर जोशीले सडक निर्माण स्थलमा आउन पटक पटक आश्वासन दिए पनि अझैसम्म नआएको बताए ।

भीमदत्तले केही दिन अघि प्राविधिक पठाएर सडकको चौडाई मापन गरेको थियो । प्राविधिकले सडक नापजाँच गरे पनि निर्माण सुरु भएको छैन । टोलका वासिन्दाले आफूहरुको मापदण्ड अनुसार निर्माण कार्य गर्न अवरोध नगरेको बताए । ‘पहिला सडक बनाइएकाले हाम्रो भत्कियो, तपाईहरुको पनि भत्काउनु पर्छ भन्ने हो, अब हाम्रा घर पर्खाल मापदण्डभित्र नै छन् भने हामीले किन भत्काउने’ स्थानीय भण्डारीले भने,‘यो यो केही होइन, यो सुनियोजित रुपमा हामीलाई परेसान गर्ने काम हो ।’

टोलका वासिन्दा थापा, भण्डारी सहित स्थानीयले बुधबार पनि भीमदत्त नगरपालिका गएर नगर प्रवक्ता पदम अवस्थीलाई भेटेका छन् । नगर प्रवक्तासित सडक निर्माणका लागि छलफल हुँदा पुगेकी उप मेयर जोशी यसबारे केही नबोलेर बाहिरिएकी थिइन् । टोलका वासिन्दासित भेटमा उनीहरुको कुरा सनुेपछि सडक निर्माण कार्यका लागि पहल भई रहेको बताए । उनले कुराकानीका क्रममा कन्सलेन्टका प्राविधिकलाई फोन गरे । नगर प्रवक्ता अवस्थीले कन्सलेन्टका इन्जिनियर चन्दले पछिल्लो समय फोन उठाउन छाडेको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार