शुक्लाफाँटा नगरपालिकामा बालबालिकालाई न्यानो लुगा वितरण

प्रकाशित:

झलारी । शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा न्यानो लुगाहरु वितरण गरिएको छ । पालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयहरु मध्ये ५ वटा विद्यालयमा न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

चाईना फाउन्डेसनको सहयोगमा ग्लोबल कर्पोरेसन फर डेभलोपमेन्ट र शुक्लाफाँटा नगरपालिकाको समन्वयमा गरिव,दलित जनजाती,विपन्न परिवारका वालवालिकाहरुलाई लुगा वितरण गरिन लागेको हो ।

जिल्लामा रहेका १ हजार २ सय ४९ जना विद्यार्थीहरुलाई यो न्यानो लुगाको कार्यक्रममा सहभागी गरिएको ग्लोबल कर्पोरेसन फर डेभलोपमेन्टका फिल्ड सुपरभाईजर हरी प्रशाद सुवेदीले बताउनु भयो ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ दिपनगर मा रहेको श्री दिपनगर आधारभूत बिद्यालय दिपनगर मा १२६ जना बिद्यार्थीहरु र वडा नम्बर ९ सिसैया कन्चनपुरमा रहेको श्री मंगल आधारभूत बिद्यालय मा ८७ जना बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन्।

आईतवार श्री दिपनगर आधारभूत बिद्यालय दिपनगर र मंगला आधारभूत बिद्यालयमा मात्रै न्यानो लुगा बितरण गर्न सकिएको हुदा भोलि सोमबार शुक्लाफाँटा नगरपालिका मा बाकि रहेका बिद्यालयहरुमा न्यानो लुगा बितरण गरिने ग्लोबल कर्पोरेसन फर डेभलोपमेन्टका फिल्ड सुपरभाईजर सुवेदीले बताउनु भयो ।

कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न,गरिब,दलित,जनजाती विद्यार्थीलाई न्यानो लुगा मा विद्यार्थीलाई ट्रेकसुट,टोपी,मोजा,पञ्जा र गलबन्दी वितरण गरिएको थियो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ दिपनगर मा रहेको श्री दिपनगर आधारभूत बिद्यालय दिपनगर मा कार्यक्रमका प्रमुख अतिथि रहेका शुक्लाफाँटा नगरपालिका का नगरप्रमुख रण बहादुर महराले न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रणबहादुर महराले संघ संस्थासँग नगरपालिकाले सहकार्य गरि विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बताए।‘नगरपालिकाले संघसंस्थासँग सहकार्य गरेर यस्ता कार्यक्रम गर्दै आएको छ, अगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्य गर्नेछौं,’ उनले भने, ‘केही दिन अगाडी संघसंस्थाकै सहयोगमा बृद्धबृद्धा, एकल महिला, गरिब तथा विपन्न परिवारलाई कपडा वितरण गरेका थियौं।’

शुक्लाफाँटा नगरपालिका मा ३२ वटा सामुदायिक विद्यालय रहेपनि बिभिन्न सस्थाको मापदण्ड अनुसार पहिलो प्राथमिकतामा बढि गरिब,दलित,जनजाति बिद्यार्थीहरु रहेको बिद्यालयहरु लाई छनौट गरिएको कार्यक्रमका बिशिस्ट अतिथि एवं नगर उपप्रमुख कल्पना जोशी पन्तले बताए।

नगरपालिका संग प्रयाप्त मात्रामा आर्थिक स्रोत साधन नहुदा ससाना कार्यक्रमको लागि समेत बिभिन्न संसस्था संग सहकार्य र समन्वय गरेर अगाडि बढिरहेको उपप्रमुख पन्तले बताए।

अझै पनि मैले केहि सस्थाहरु संग सहयोग को लागि अपिल गरेकी छु उहाहरुले साकारात्मक प्रतिक्रिया दिनुभएको छ आशा गरौ छिट्टै आर्को सहयोग पनि मिल्नेछ। गैर सरकारी संस्थाहरुले सामुदायिक विद्यालयमा गरिरहेका बिभिन्न कार्यक्रमले आर्थिक रुपले कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गर्न अत्यन्तै सहज हुने समेत उल्लेख गरेका छन्।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर र वडा नम्बर ११ का वडा अध्यक्ष शेर बहादुर साउद समेत सहभागी थिए कार्यक्रममा बोल्दै उहाहरुले सहयोगी सस्थाहरु लाई बिशेष धन्यबाद ज्ञापन गर्दै दुइटै वडा कार्यालयले सामुदायिक विद्यालयहरु लाई वडा कार्यालयबाट समेत सहयोग गर्दै आएको बताएका छन्।

त्यस्तै वडा नम्बर ९ ले गत आर्थिक बर्षमा मंगल आधारभूत बिद्यालय मा अध्यनरत बिद्यार्थी लाई पोशाक बितरण गरेको समेत वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार