महेन्द्रनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन कञ्चनपुर आइपुगेका छन् । आत्माकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री वितरणका लागि डाक्टर पुन आइतवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका हुन् ।

पुस्तक यात्रामा डाक्टर पुन दैलेख, अछाम, बैतडी, डोटी, डडेलधुरा लगायतका पहाडी जिल्ला हुँदै आज महेन्द्रनगर पुगेका हुन् ।

आत्माकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री वितरणका लागि डाक्टर पुन देशव्यापी दोडाहामा छन् । आइतबार साँझ महेन्द्रनगर पुगेका डा. पुनले सोमबार बिहान साढे ७ बजे देखि नै मदन चोक र पुष्पलाल चोकमा आफ्नो किता बेच्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महेन्द्रनगर गल्ली ५ एभेरेष्ट बैंक बिल्डिङमा बसेकोछु । भोली बिहान ७ः३० मा मदनचोक र पुष्पलाल चोकमा किताब बेचिनेछ ।’