महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासबाट भन्सार छलीको तोरी बरामद गरिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ (ङ) गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४८ हजारको ६ क्विन्टल तोरी आज बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
