मृतक साथिको सम्झनामा दिप प्रज्वलन

प्रकाशित:

महेन्द्रनगर । कलीलो उमेरमा मृत्युवरण गरेका साथिको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।आईतबार नेपाल विद्यार्थी संघ कञ्चनपुरले कलीलो उमेरमा मृत्युवरण गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका ८ मटेना घर भएका दिपक बोहराको सम्झनामा महेन्द्रनगरको मदनचोकमा दिप प्रज्वलन गरिएको हो ।

महेन्द्रनगरको बालजागृति कलेज कक्षा १२ मा अध्यनरत रहेका १७ वर्षिय दिपक बोहराको यहि माघ १२ गते १७ वर्षेको कलिलो उमेरमा मृत्यु भएको थियो ।मृतक बोहराको सम्झना र आत्मा शान्तिको लागि संगै अध्यनरत साथी निरज जाग्री,अनिल चन्द,लगाएका विद्यार्थीहरुले दिप प्रज्वलन गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार