क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

प्रकाशित:

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय विशाल श्रेष्ठ छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बागबजारबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

वसन्तपुर बस्ने श्रेष्ठले एलिना पाख्रिनलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि सात लाख पचास हजार रुपैयाँ लाग्छ भनेर प्रलोभन देखाई ठगी गरेका हुन।

क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम मिल्ने र मासिक सत्तरी हजार तलब हुन्छ भनी उनले विश्वास दिलाएर पीडितबाट पटक-पटक एक लाख चार हजार रुपैयाँ लिएका थिए।

उक्त रकम लिई उनी सम्पर्कविहीन भई ठगी गरेको भन्ने सूचना प्रहरीले पाएपछि उनी प्रहरीको खोजी सूचीमा थिए। पक्राउ परेका श्रेष्ठलाई कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार