गड्डाचौकीमा कार्यरत सशस्त्रका डीएसपी आचार्य पुरस्कृत

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्य पुरस्कृत भएका छन् ।

सशस्त्र प्रहरीको २३ औं स्थापना दिवसका अवसरमा प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति समेत रहेका डिएसपी आचार्य पुरस्कृत भएका हुन् ।

मंगलबार सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसरमा कञ्चनपुरको गड्डाचौकीमा कार्यरत डिएसपी आचार्यलाई पुरस्कृत गरिएको हो ।

डीएसपी आचार्यले सीमा चोरी तस्करी अपराध एवं राजस्व चुहावटको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा पुरस्कृत गरिएको जनाइएको छ ।

उनलाई शैलेश्वरी गण र बैजनाथ बाहिनी कार्यालयले प्रमाण पत्र र मेडलका साथ सम्मान एवं पुरस्कृत गरेको हो ।

सशस्त्र प्रहरीका डीएसपी आचार्यलाई मुख्यमन्त्री कमल बहादुर शाह र सशस्त्र प्रहरी बल सुप प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेले सम्मान एव पुरस्कार हस्तान्तरण गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार