बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित:

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका १ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो ।

शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन् ।

उनको उपचारका लागि जिल्ला अस्पताल बझाङ पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार