दोधारा । महिलाहरुलाई उद्यमी उत्पादन गर्ने उद्धेश्यले संचालन भएको दोधारा चाँदनीमा अचार बनाउने तालिम सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आयोजनामा संचालन गरिएको महिलाहरुलाई ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

महिला, जनजाती, दलित बर्गलाई लक्षित गरि अचार बनाउने तालिम सम्पन्न भएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताए । आज एक कार्यक्रमको बिच वडा कार्यालयमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य महाविर रोकाया, बब्ली सुनार, धन बहादुर थापा, पिंकी रावत, दोधारा चाँदनी नगरपालिका कार्यालय न्यायीक समिति सदस्य कमला उपाध्याय्, सामाजिक परिचालिका शोनी क्षेत्री, तालिमका प्रशिक्षक कबिता भट्ट लगाएत तालिमका सहभागी महिलाहरु अचार बनाउने तालिम समापन सत्रमा सहभागी रहेका थिए ।
गाँउ, घरमा पाइने अमला, आम, बयर, कागती लगाएत बस्तुबाट अचार बनाउन सिकाईएको तालिममा सहभागीहरुले बताएका छन् ।
वडा कार्यालयको चालु आर्थिक वर्षको निती तथा कार्यक्रम अनुसार वडामा रहेको सबै टोल बस्तीलाई समेटेर ४० जना महिलाहरु तालिममा सहभागी गराईएको वडाध्यक्ष सिंहले बताएका छन् ।
वडाध्यक्ष सिंहले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई अनुरोध गरेका छन् ।
तालिममा सिकेको कुरा आफुमा मात्र सिमित नराखी अचार बनाएर ब्यवसाय गर्न समेत आग्रह गरेका छन् । ब्यवसायरुपमा गर्न चाहनेहरुलाई वडा कार्यालय तथा नगरपालिका कार्यालयले सदैव सहयोग गर्न तयार रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् ।
तालिममा सहभागी भई नयाँ प्रवधीबाट अचार बनाउन सिक्न पाएको भन्दै महिलाहरु ज्नप्रतिनिधीहरु प्रति खुशी प्रकट गरेका थिए ।