डिन सुदूरपश्चिमको अध्यक्षमा कञ्चनपुरका भण्डारी निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।

शनिवार कैलालीको धनगढीमा सम्पन्न भएको डिन सुदूरपश्चिमको प्रथम अधिवेशनबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत सब–ईन्जिनियर भण्डारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

देशभरकै सब ईन्जिनियरहरुको छाता संगठन डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) हो । सुदूरपश्चिममा प्रथम अधिवेशनबाट सव–ईन्जिनियर भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यकारिणी समिति गठन भएको छ ।

डिन सुदूरपश्चिमको महिला उपाध्यक्षमा सिर्जना जोशी निर्वाचित भएकी छिन् । उनी भीमदत्त नगरपालिका कार्यालयमा कार्यरत छिन् । त्यस्तै खुला उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट निर्वाचित भएका छन् ।

महासचिवमा डेनी बहादुर खत्री निर्वाचित भएका छन् । सचिवमा खगेन्द्र रावल, सुमेरु बिक्रम धामी र सागर सेवा निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा भेषराज जोशी निर्वाचित भएका छन् । सदस्यहरुमा दाताराम जोशी, नरेश भट्ट, खेमराज बिष्ट, वीर सिंह ठगुन्ना दिपक सिह बिष्ट, भुपेन्द्र टमाटा, धर्मेन्द्र चन्द र ठन्ड बहादुर भाट निर्वाचित भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार