३८ लाख बराबरको अबैध सामान सहित कञ्चनपुरका बिरेन्द्र चौधरी कैलालीमा पक्राउ

प्रकाशित:

ऐश्वर्या कुवँर महेनद्रनगर । कैलाली प्रहरीले ३८,लाख ५४ हजार ६ सय बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। शुक्रबार पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बोलोरो जिप बाट उक्त सामान बरामद गरेको हो।

सजिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चौकिडाँडाको सयुक्त टोलीले गोदावरी नगरपालिका चौकीडाँडा स्थित कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १०बस्ने बिरेन्द्र रानाले चलाएको शुदुरपश्चिम प्रदेश ०१–००१च३१६९ नम्बरको बोलेरो जिप संका लागेर चकजाचँ गर्दा अबैध कपडा,किर्केट ब्याट,स्केल र क्लिप बोर्ड बरामद गरिएको जिल्ला प्रहरी कार्याल कैलालीका प्रहरी प्रवक्ता डिएसपी कुलदिप चन्दले बताएका छन् ।चन्दका अनुसार अबैध समान सहित पक्राउ परेका चालकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कैलालीको निगरानिमा राखिएको छ भने बरामद भएको माल सामान भन्सार कार्यालय कैलाली पठाईएको प्रवक्ता चन्दको भनाईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार