एनसेलबाट कर असुल गर्न संसदीय समितिको निर्देशन

प्रकाशित:

काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर र गैरकर रकम एनसेलबाट असुल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे छलफल गरेको थियो । समितिले दूरसञ्चार ऐन तथा नियमावलीमा समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार