भीमदत्त नगर प्रहरीले मनायो पाँचौं नगर प्रहरी दिवस

प्रकाशित:

महेन्द्रनगर । भीमदत्तका नगर प्रहरीले आइतबार नगर प्रहरी दिवस मनाएका छन् । भीमदत्त नगर प्रहरीले आइतबार पाँचौ नगर प्रहरी दिवस मनाएको हो ।

पाँचौं नगर प्रहरी दिवसको अवसरमा भीमदत्त–१८ स्थित ईको पार्कमा वृक्षारोपण समेत गरिएको भीमदत्त नगर प्रहरीका असई सुरेन्द्र बोहराले बताए ।

उक्त वृक्षारोपण कार्यक्रममा नगर प्रमुख पदम बोगटी लगायत नगरपालिकाका कर्मचारीको समेत सहभागिता रहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार