इजरायलमा १० नेपालीको मृत्युः भोली राष्ट्रिय शोकको घोषणा

प्रकाशित:

काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएकोमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सार्वजनिक विदा भनिएपनि सरकारले विदा नदिएको उनले प्रष्ट पारिन् ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार