महेन्द्रनगर । कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


