कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन्।मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित प्रहरीले ७ जनालाई पक्राउ परेका हो।

पुनर्वास नगरपालिका–३ को बिएन पोलिक्लिनिक प्रालिको माथिल्लो तलाबाट मंगलबार राति मेडिकल सञ्चालक डाक्टर सागर केसीसहित ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।जुवा खालबाट एक गड्डी ताससहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

ताजा समाचार

सम्बन्धित समाचार