महेन्द्रनगरको बसपार्क नजिक अटो रिक्सा पार्किङको अस्थायी प्रबन्ध थालिने

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको बसपार्क नजिक अटो रिक्सा पार्किङकालागि अस्थायी रुपमा प्रबन्ध गरिने भएको छ । शुक्रवार अटो रिक्सा व्यवसायीहरुले भीमदत्त नगरपालिकालाई पार्किङको समस्या रहेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

अटो रिक्सा व्यवसायीहरुको उक्त समस्या समाधानका लागि भीमदत्त नगरपालिकाले महेन्द्रनगर बसपार्क अगाडी पट्टी महेन्द्र राजमार्ग संग जोडिएको खाली भागमा ग्राभेल भरान गरेर अहिलेका लागि समस्या समाधान गर्न सकिने उप प्रमुख निलम लेखक जोशीले बताइन् ।

अटो रिक्सा व्यवसायीहरुको पार्किङको समस्या सामाधानका लागि आफु प्रतिबद्ध रहेको समेत उनले बताएकी छिन् ।
यस्तै नगर उपप्रमुख जोशीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, वडाध्यक्षहरु, प्राविधिक कर्मचारी, ट्राफिक प्रहरी, अटो रिक्सा चालक सहितको टोलीले बसपार्क क्षेत्र नजिक तत्कालका लागी सम्भावित पार्किङ क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ ।

‘अटो रिक्सा पार्किङको समस्यालाई तत्काल समाधानका लागी गड्चौकी,बह्मदेव र दैजि रुटमा चल्ने रिक्सा पार्किङका लागी बसपार्क नजिकै सम्भावित क्षेत्रमा ग्राभिल हालेर पार्किङ स्थल बनाउने सल्लाह भएको छ ।’ उनले भनिन् ‘यो काम भोलीबाटै शुरु हुन्छ र यो समस्याको दिगो व्यवस्थापनका लागी हामी अध्ययन र छलफल समेत गरिरहेका छौँ ।’

ताजा समाचार

सम्बन्धित समाचार