अपाङ्गता भएका व्यक्तिको हक अधिकारमा जोड

प्रकाशित:

कञ्चनपुर । अपाङता भएका व्यक्तिको हक अधिकारमा सुदुरपश्चिमका सरोकारवालाले जोडदिएका छन । बुधबार महेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा अपाङता भएका व्यक्तिको हक अधिकारमा सुदुरपश्चिमका सरोकारवालाले जोडदिएका हुन ।

अपाङ्गता भएका व्यक्तिको समाजिक, राजनीतिक, प्रशासनिक एव आर्थिक हक अधिकार सुनिश्चिता नभएको र अधिकार कागजमै सिमित रहेको दुखेसो पोखेका छन । अधिकाँस सरकारी कार्यालय अपाङ्गमैत्री नभएको, सार्वजनिक सवारी साधनमा समेत दुव्र्यवहार खेप्नुपर्ने समस्या राखेका छन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका निर्वतमान अध्यक्ष उपेन्द्र खडायतले अपाङ्गताका समस्या राख्दै अधिकार प्राप्तीका लागि एकजुट हुनुपर्नेमा जोडदिएका छन । उनले प्रदेशभरीकै आपाङ्गता भएका व्यक्ति एकजुट हुनुको विकल्प नभएको बताए ।

अपाङता अभियन्ता दिर्घ स्वाँरले अपाङ्गता भएका व्यक्तिका थुप्रै समस्या खेप्नु परेको बताउँदै नीतिगत व्यवस्था बनाउनुपर्नेमा जोडदिए । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न आत्मनिर्भरका कार्यक्रममा जोड्नुपर्ने उनको सुझाव छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका संस्थापक अध्यक्ष एव कार्यक्रमका प्रमुख अतिथि नवराज जोशीले प्रदेशमा अपाङ्गताका सिट सुरक्षित हुनुपर्नेमा जोडदिए । अपाङमैत्री सरकारी सेवादेखिका अन्य अपसर कार्यान्वयन हुनुपर्ने बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष मान बहादुर साउदले अपाङ्गताको हक अधिकारका लागि प्रदेश सरकारसंग अपाङ्गमैत्री कानुन बनाउन वकालत गरिएको बताए । अध्यक्ष साउदले अपाङ्गतालाई सरकारी सेवामा प्रवेस गराउनका लागि नीतिगत रुपमै कोटा निर्धारणका लागि पैरवी गरिएको बताए । कार्यक्रममा महासंघसंग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिको हक अधिकारका लागि संचालित कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गरिएका थिए । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका सचिव नन्दराज भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार