महेन्द्रनगरका व्यवसायी गुप्ताको गोली हानि हत्या

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तरकारी र फलफूल व्यवसायमा संलग्न राज गुप्ताको गोली हानेर हत्या गरिएको छ। गत बिहीबार भारत उत्तरप्रदेशको बरेलीस्थित अग्रसेन नगर कलोनीमा उनको हत्या गरिएपनि प्रहरीले अझै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन।बाबु भनिने राज गुप्ताको टाउकोमा नजिकबाट गोली प्रहार गरिएको थियो। गोलीले उनको टाउको क्षतविक्षत भएको थियो।

उनी महेन्द्रनगरको गल्ली नं। ४ स्थित घटाल फ्रुट सेन्टरका सञ्चालक भुरा गुप्तासँग फलफूल र शम्भु साहसँग मिलेर तरकारी व्यवसायमा संलग्न रहेको खुलेको छ। राज नातामा भुराका भान्जा हुन् ।बरेलीकै स्थानीयबासी राज फलफूल र तरकारी व्यवसायको शिलशिलामा भारत–नेपाल आउजाउ गरिरहन्थे। यसपाली उनी कहिले बरेली गए भन्नेबारेमा आफूलाई जानकारी नभएको भुराले बताए। ‘‘उ मेरो भान्जा हो, यसपटक जानुभन्दा अगाडि मलाई भेटेन,’ उनले भने।

उनको कसैसंगपनि रिसीबि नरहेको भुराले बताएका छन् । उनले भने, ‘आफ्नो काम गथ्र्यो कसैसंग दुस्मनि थिएन, कसले र किन गोलि हान्यो अहिलेसम्म अनुमान लगाउन सकेका छैनौ ।अग्रसेन नगर कलोनीमा रहेको आफ्नै घरमा राजको गोली हानेर हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ। राजका बुवा शिवओम गुप्ताले घटनाबारे ३६ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए।

घटनाबारे प्रहरीले कुनै खुलासा भने गर्न सकेको छैन। केहीँ संदिग्ध मानिसहरुलाई समातेर प्रहरीले केरकार गरिरहेको छ। घटना भएको समयको सिसिटिभी फुटेजहरु पनि संकलन गरी विश्लेषण गरिदैछ।घटनाको समयमा राजका बुवा शिवओम परिवारका अन्य सदस्यसहित भान्जाको बिहेमा गएका थिए। घरमा राज एक्लै थिए। राती करिब साढे ३ बजे घर फर्किदा आफ्ना छोरालाई मृत अवस्थामा फेला पारेको बयान उनले भारतीय प्रहरीलाई दिएका छन्।

राजको घाँटीमा रहेको सुनको चेन र अंगुठीलगायतका सामान पनि गायब गरिएका छन्। प्रहरीले राज नाम गरेका दुई जना साथी र एक युवतीसँग सोधपुछ गरिरहेको छ।घटना अघि राजको घरमा मदिरा पार्टी भएको खुलेको छ। सोधपुछमा ती साथीहरुले आफूहरु जानु अघिसम्म राजको अवस्था राम्रो रहेको बयान दिएका छन्।बरेली सिटीका एसपी राहुल भाटीले राज हत्याबारे केहीँ कुरा स्पष्ट र केही अस्पष्ट भएको र चाडै सबै कडिहरु जोडेर घटनाबारे मिडियालाई ब्रिफ गर्ने बताएका छन्।

प्र

ताजा समाचार

सम्बन्धित समाचार