ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ।

ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार