आर्थिक वर्षभित्रमा हात हातमा लालपुर्जा उपलब्ध गराउँछौं : उम्मेदवार साउद

प्रकाशित:

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जग्गा नापजाँच गरेर एक वर्षभित्र लालपुर्जा जनताको हातहातमा पु-याउने प्रतिवद्धतता जनाएका छन् ।

कञ्चनपुर क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार समेत रहेका साउदले कृष्णपुर नगरपालिका–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘भूमि आयोग गठन भएर काम गरिरहेको छ, नापीको प्रक्रिया यहीँ आर्थिक वर्षभित्र टुङग्याउँछौँ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्रमा हात हातमा लालपुर्जा पु-याउने हामीले अठोट गरेका छौं, यो काम जसरी पनि गर्ने बचनवद्धता प्रकट गर्न चाहन्छु ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारका पाला लालपुर्जा पाउन तिर्नु पर्ने राजश्वको आधा मात्रै राजश्व तिरेर जग्गाधनि पुर्जा पाउने व्यवस्था मिलाएको उनले बताए । यसले जनतालाई ठूलो सहुलियत हुने उनले विश्वास व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार