थ्रेसरमा बेरिएर कञ्चनपरकी एक महिलाको ज्यान गयो

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। वडा नम्बर – ४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर आइतवार मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

उनका अनुसार आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएकाले उनको मृत्यु भएको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार