कञ्चनपुरमा लागुऔषध मुद्दामा पक्राऊ परेका एक अभियुक्त थुना मुक्त

प्रकाशित:

कञ्चनपुर, असार।। कञ्चनपुरको पुनर्वास बाट गत असार ६ गते सुदूरपश्चिमै अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागू औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका थिए।

ब्राउन सुगर कारोबारको आरोपमा पक्राउ परेका मध्ये पुनर्वास नगरपालिका–६ का दीपक बिसीलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा थुनामुक्त गरेको छ।

न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले बिसीलाई सामान्य हाजिरीको शर्तमा रिहा गर्ने आदेश दिएको हो। सोही मुद्दामा संलग्न अर्का अभियुक्त नरसिंह महराको भने अनुसन्धानका लागि कारागार पठाएको छ ।

गत असार ६ गते पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट खैरो हिरोईन (ला.औ.) बेचविखन हुने सूचना प्राप्त भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई २७३ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार