बैतडीः पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीवार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए। सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ।
