जेठ २३ र २४ मा नेपाली कांग्रेस कञ्चनपुरले जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम (TOT) गर्दै

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले २३ र २४ जेठमा जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम (TOT) आयोजना गर्ने भएको छ ।

कांग्रेस कञ्चनपुर प्रशिक्षण शाखाको आयोजना एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा शुक्रवार र शनिवार (२३ र २४ जेठ) पार्टीका जिल्ला पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य एवं क्षेत्र, प्रदेश, नगर, गाउँ कार्यसमितिका पदाधिकारी लगायतलाई जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम (TOT) दिइने भएको छ ।

महेन्द्रनगर स्थित कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिंहले बताए । उपसभापति सिंहका अनुसार दुई दिन सञ्चालन हुँने उक्त तालिमको उद्घाटन सत्रका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपी साउँद रहनेछन् ।

शुक्रवार बिहान ८ बजे देखि उक्त तालिममा सहभागिता जनाउनकालागि नाम दर्ता खुला रहने र ९ बजे उद्घाटन सत्र रहेको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ । पार्टीले एक सूचना जारी गर्दै सहभागिताका लागि आह्वान गरेको छ ।

May be a graphic of 6 people and text that says "राष्ट्रियता! लोकतन्त!! समाजवाद नेपाली काँग्रेस जिल्ला कार्य समिति कज्चनपुर विषय: सहभागिता सम्बन्धमा। उपरोक्त विषय सम्बन्धमा नेपाली काँग्रेस कज्चनपुर जिल्ला प्रशिक्षण शाखाको आयोजनामा तथा केन्द्रय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा यही जेठ ၃၃ र ၃8 गते सम्पन्न हुने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण (TOT) तालिममा जिल्ला पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र क्षेत्/प्रदेश/नगर/गाऊ क्षेत्र/प्रदेश/ कार्य समितिका पदाधिकारीहरु तपसिलको मिति, समय र स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति ၃၀၀၃ जेठ ၃၃ र २४ गते स्थान: उदयोग वाणिज्य संघको हल, कत्चनपुर समय: बिहान τ बजेदेरि नाम दर्ता र P बजे उद्घाटन नेपाली काँग्रेस कत्चनपुर प्रशिक्षण शाखा"

 

ताजा समाचार

सम्बन्धित समाचार