गंगा दशहरा अवसरमा कञ्चनपुरका चार पालिकामा स्थानीय विदा

प्रकाशित:

कञ्चनपुर । गंगा दशहरा पर्वको अवसरमा कञ्चनपुर जिल्लाका चार पालिकाले बिहीबार (जेठ २२) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेका छन्।

बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै स्थानीय सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राखी एक दिनको विदा घोषणा गरेका हुन्।

बेलौरी नगरपालिका–५ मा अवस्थित श्री नक्टाबाबा (कालेश्वर) मन्दिर परिसरमा प्रत्येक वर्ष जेष्ठ शुक्ल दशमीमा गंगा दशहरा मेला आयोजना हुँदै आएको छ। यस वर्ष पनि मेलामा नेपाल र भारतका हजारौं श्रद्धालुहरूको आगमन अपेक्षित छ।

बेलौरी नगर प्रमुख पोतिलाल चौधरीका अनुसार उक्त क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। “गंगा दशहरा हाम्रो संस्कृति, आस्था र पर्यटनको संगम हो। मेलाको व्यवस्थापनदेखि पूर्वाधार विकाससम्म नगरपालिका प्रतिवद्ध छ,” नगर प्रमुख चौधरीले बताए।

यस्तै, पुनर्वास, लालझाडी र बेलडाँडी पालिकाले पनि आ–आफ्नो क्षेत्रमा गंगा दशहरालाई धार्मिक र सांस्कृतिक चेतनाको पर्वका रूपमा मनाउँदै शुभकामना सन्देश सार्वजनिक गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार