पोखरा । पोखरामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ जहाँ श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी पछि आत्महत्या गरेका छन्।

पोखरा महानगरपालिका–१७ निवासी ऋषिराम बरालले घरायसी झगडापछि आफ्नी श्रीमती देवीमाया पराजुलीको हत्या गरेका हुन्। घटनापछि उनले आत्महत्या गरेको पोखरा प्रहरीले प्रारम्भिक अनुसन्धानमा पुष्टि गरेको छ।

कास्की प्रहरीका अनुसार मृतक ऋषिराम बरालका दुई श्रीमती थिए। उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए। प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार घरायसी विवादकै कारण बरालले पत्नी देवीमाया पराजुलीको हत्या गरी आत्महत्या गरेका हुन्।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको र अन्य विवरणहरू संकलन भइरहेका प्रहरीले जनाएको छ।