कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा आइतबार बिहान चट्याङ लागेर एक गर्भवती महिलाको ज्यान गएको छ भने उनका श्रीमान घाइते भएका छन् ।मृत्यु हुनेमा २४ वर्षीया लालमती राना रहेको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ७ बजेतिर लालमती र उनका श्रीमान् २५ वर्षीय रतनसिंह राना बारीमा तरबुज टिप्ने क्रममा चट्याङ परेको थियो ।

चट्याङ लागेर लालमतीको घटनास्थलमै मृत्यु भएको हो भने घाइते रतनसिंहलाई उपचारका लागि धनगढी पठाइएको छ ।

“श्रीमान्–श्रीमती दुवैजना खेतमा काम गर्दै थिए, सोही क्रममा हावाहुरीसहितको वर्षा र चट्याङ परेको थियो,” वडा अध्यक्ष रानाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार