महेन्द्रनगर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना गर्दै उनीसँगै ६३ एसपीहरुको सरुवा गरेको हो।

सरुवा सूची अनुसार कञ्चनपुरका एसपी जोशी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारी दिइएको छ। कञ्चनपुर एसपीको जिम्मेवारीमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत खड्कबहादुर खत्रीले पाएका छन्।
