नेवि संघको ५६ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरमा वृद्ध-वृद्धालाई फलफुल वितरण

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेवि संघ) को ५६ औं स्थापना दिवसका अवसरमा कञ्चनपुरमा महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा फलफूल वितरण लगायतका कार्यक्रम गरिएको छ ।

नेवि संघ जिल्ला कार्यसमिति कञ्चनपुरद्वारा शनिवार ५६ औं स्थापना दिवसको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा फलफूल वितरण लगायतका कार्यक्रम गरिएको अध्यक्ष रमेश चटौतले बताए ।

जिल्लामा नेवि संघमा आवद्ध विद्यार्थी तथा विद्यार्थी नेता एवं कार्यसमिति पदाधिकारी सदस्यहरुको सहभागितामा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुको अवस्थालाई मध्यनजर गर्दै उनिहरु संगको साक्षत्कार सहित फलफूल वितरण गरिएको अध्यक्ष चटौतले बताए ।

वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग पुर्याउने उद्देश्य सहित नेवि संघको ५६ औं स्थापना दिवसमा आफ्नो संथालाई सम्झिएकोमा अध्यक्ष सारदा चन्दले विद्यार्थी नेताहरुलाई धन्यवाद दिएकी छिन् ।

नेवि संघ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो । नेवि संघको स्थापना २०२७ सालमा भएको थियो ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको समयमा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघ (नेवि संघ)को स्थापना भएको थियो।

May be an image of 11 people and text that says "x"

May be an image of 7 people and text

May be an image of 11 people and text

May be an image of 3 people, child, people smiling and text

May be an image of 3 people

 

ताजा समाचार

सम्बन्धित समाचार