धनगढीमा जुवा खेल्दै गर्दा कुँवरसहित १३ जना पक्राउ

प्रकाशित:

कैलाली । धनगढीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका(३) भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेस्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार