अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि दोधारा चाँदनी-६ लाई

प्रकाशित:

चाँदनी ।
दोधारा चादनी नगरपालिकाको अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि वडा न ६ ले हात पारेको छ ।

दोधारा चादनी नगरपालिकाको लक्ष्मी माविमा आयोजना गरिएको अन्तरपालिका (वडा) स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा न. ६ ले जितेको छ।

आइतबार अपराह्न भएको रोमाञ्चक फाइनल खेलमा बराबरि मा रहेको खेल पेनाल्टी सुट आउट्को माध्यम बाट वडा नं. ६ ले उपाधि हात पारेको हो । पेनाल्टी सुट आउट मा वडा नं. ६ ले ४ गोल हिर्काएको थियो भने वडा न २ ले ३ गोल हानेको थियो। पेनाल्टो सुट आउट मा वडा नं. २ ले उपबिजेता मै चित्त बुजाउनु परेको छ ।

उपाधिसँगै विजेता टिमले ५१ हजार एक सय नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। आयोजक नगर खेलकुद समिति दोधारा चादनीका अध्यक्ष दिवान चन्दले फाइनलमा दुइटै टिमले उत्कृष्ट प्रदर्शन गरेको र पेनाल्टी सुट आउटमा वडा नं. ६ ले जित हासिल गरेको बताए।

उनका अनुसार, द्वितीय स्थान प्राप्त वडा नं. २ ले ३१ हजार एक सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुद प्रति रुचि बढाउन मद्दत गरेको आयोजक समितिले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार