प्रेस चौतारी कञ्चनपुरको पदस्थापन कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरको आठौं अधिवेशनबाट निर्वाचित समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम गरिएको छ ।

बुधबार एमाले पार्टी कार्यालयमा निर्वाचन समिति संयोजक हरी प्रसाद जोशीको अध्यक्षता र एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवि पालको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत राजेन्द्र धामीले सफथ खुवाएका थिए । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा प्रदेश कोषाध्यक्ष लक्ष्मण दत्त पन्तले नव निर्वाचित अध्यक्ष मदन गिरीलाई पदभार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश ईन्चार्ज लोकसरी कुवँर, नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा विशिष्ठ अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका एमालेका जिल्ला ईन्चार्ज निरुदेवि पालले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै प्रेस चौतारीमा आवद्ध पत्रकारहरुलाई पार्टीबाट आवश्यक सहयोग गर्ने बताइन् ।

प्रेस चौतारी नेपालको क्रियाकलापहरु सशक्त ढंगले निर्भाह गर्न र सक्रिय भएर लाग्न प्रदेश ईन्चार्ज लोकसरी कुवँरले निर्देशन र सल्लाह दिए । प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष नरेन्द्र सिंह कार्कीले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै उत्कृष्ट कार्य गर्न सुझाव दिए ।

प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्लाको आठौ जिल्ला अधिबेशन फागनु १३ गते सम्पन्न भएको थियो । उक्त अधिबेशनबाट अध्यक्षमा मदन गिरी, उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठि निर्वाचित भएका थिए ।

त्यसैगरी सचिवमा धन बहादुर बोहरा (डिबि), सह–सचिवमा माधव पौडेल, बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी भट्ट भुवन निर्वाचित भएका थिए । त्यसैगरी सदस्यमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश जोशी, सन्तोस धानुक र विरेन्द्र बाग निर्वाचित भएका थिए ।

त्यसैगरी कार्यक्रमको संञ्चालन प्रेसचौतारी नेपालका केन्द्रय सदस्य एवं जिल्ला ईन्चार्ज जि भट्टले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार सहभागी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार