कञ्चनपुर। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले कर्जा सुरक्षण बिमा बापतको २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

लघुवित्त वित्तिय संस्थामा आबद्ध दिवगत धनबहादुर टेलरको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

टेलरले ७ लाख रुपैयाँ कर्जा निकालेका थिए। कर्जा सुरक्षण बिमा बापतको २ लाख १० हजार रुपैयाँ बराबरको चेक टेलरकी श्रीमती स्वरुपादेवी नेपालीलाई हस्तान्तरण गरिएको हो।

समूहका सदस्य तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त रकम हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको मेरोमाइक्रोफाइनान्सको ६४ जिल्लामा १ सय ४९ शाखा रहेका छन्।
संस्थाले नागरिकको विभिन्न समस्याहरूमा समेत सहयोग गर्दै आएको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रबन्धक पदमराज जोशीले बताए।
समूहमा आबद्ध भएका सदस्यहरू सुत्केरी हुँदा प्रसुति खर्च बापत दुई हजार, सर्पदंशको उपचार गर्नको लागि २ हजार, दैविक प्रकोप सुरक्षा ५ हजार ५ सय, सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा काजक्रिया खर्च बापत २१ हजार, एकल सदस्यको हकमा ४२ हजार रकम सहयोग प्रदान गर्दै आएको छ।