कास्की। शनिबार राति लेकसाइडमा भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाले ज्यान गुमाएका छन्।

रातको करिब एक बजे लेकसाइडको स्ट्रिट नम्बर ३ मा भएको दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका २४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलको पछाडि बस्ने २१ वर्षकै सुजल अधिकारीको उपचारको क्रममा निधन भएको हो।

उनीहरूलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा सवा २ बजेतिर डाक्टरले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा ग १३ प ६७१९ नं. को मोटरसाइकल सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको थियो।