कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–१० अमरबस्तीको चकमेली बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ अनामनगरका २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रबिन्द्र ओली रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ ग्राम २० मिलिग्राम खैरो हेरोइनन बरामद गरिएको हो।
