विद्यालयबाट घर फर्किँदै गरेका प्रधानाध्यापकको भिरबाट लडेर मृत्यु

प्रकाशित:

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर प्रधानाध्यापकको मृत्यु गएको छ ।

भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो ।

भिरबाट करिब एक सय ५० मिटर तल खसेका महराको घटनास्थलमै ज्यान गएको अपीहिमाल गाउपालिकाका अध्यक्ष भगतसिह ठेकरेले बताए । मृतक महराको घरमा श्रीमती, दुई छोरा, दुई छोरी रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार