ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

प्रकाशित:

गुल्मी। गुल्मीमा ट्याक्टर दुर्घटना सह–चालकको मृत्यु भएको छ।

जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडानम्बर–२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा लु३त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए।

दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। ट्याक्टर आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ६० मिटर तल खस्न गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको उपरीक्षक भुजेलले बताए।

ताजा समाचार

सम्बन्धित समाचार