विजडम किड्समा विजडम फेस्ट २०८१ सम्पन्न, विद्यार्थीले देखाए प्रतिभा 

प्रकाशित:

कञ्चनपुर। महेन्द्रनगरमा रहेको विजडम किड्स स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित आयोजित फेस्ट २०८१ सम्पन्न भएको छ।

विद्यालय प्राङगणमा आयोजित फेस्टमा फेसन शो, र्याम्प वाक, नृत्य, बिभिन्न खेलहरू, मार्चपास, डान्स डृल,खानाका परिकार, परेड लगायत बिभिन्न कार्यक्रम समावेश गरिएका थिए ।

विद्यालयका संस्थापक प्रअ निलम गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा फेसन शो र र्याम्प वाक विधा अन्तर्गत रहेको मिस्टर एण्ड मिस विजडम अभिभावकको मुख्य आकर्षण बनेको थियो । जस अन्तर्गत समर भट्ट र आज्ञा भट्टले मिस्टर र मिस विजडमको उपाधि जितेका छन ।

त्यसैगरि निम्न थापा र एभिलिना कार्की फस्ट रनर अप हुँदा रोनिक्स रावल र तपस्या भरी सेकेन्ड रनर अप हुन सफल भएका छन। मिस्टर एण्ड मिस विजडमको निर्णायकको भूमिकामा मिस Brixton 2076 पिहु भट्ट, शिक्षाकर्मि कविता थलाल, रेखा भट्ट र एभरग्रीन मन्टेश्वरि स्कुलका संस्थापक हरिश धामी रहेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार