खैरो हेराइनसहित ३ जना पक्राउ

प्रकाशित:

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका ३७ वर्षीय गोबिन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका–११ का २६ वर्षीय रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका–११ का ३८ वर्षीय विनोद तामाङ छन् ।

उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. १–०१–००६ ख ४७९६ नम्बरको यात्रुबाहकबाट आउँदै गरेका भारतीय नागरिक बालालाई १५० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो ।

बालाले उक्त लागुऔषध महर्जन र तामाङले ल्याउन लगाएको बताएका थिए । त्यसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार