पुनर्वास, असार १ — कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिका–५, भानुबस्तीबाट नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की को नेतृत्वमा ६० बर्षिय सुका डौडे पक्राउ परेको हो।

प्रहरीका अनुसार डौडे माथि १३ बर्षिया नाबालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्।

पक्राउ परेका डौडे माथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा थप विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ।


