काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

भोलि बिहान १० बजे अदालतमा उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो ।

सुप्रिम सहकारी ठगीमा मुछिएका रवि आज आफैँ अदालतमा उपस्थित भएका थिए । अदालतमा उनको बयान भए पनि थुनछेक बहस भने बिहीबार मात्रै हुनेछ ।
