साँफेबगर नगर कमिटीका सम्पूर्ण सदस्यले एमाले छाड्दै, भीम रावलको अभियानमा समाहित हुने

प्रकाशित:

कञ्चनपुर। नेकपा एमाले अछामको ठूलो पङ्क्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ।

सोमबार पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोाणा गर्ने तयारी भइरहेको त्यसमा संलग्न स्थानीय नेताहरुले बताएका छन्।

एमालेबाट निष्काशित नेता डा. भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरुको भनाइ छ।

१० पुसमा एमालेले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्।

४ माघमा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा छन्। नेकपा एमाले अछामको ८३ सदस्यीय साँफेबगर नगर कमिटीले सामुहिक पार्टी परित्यागको घोषणा गर्न लागेको अध्यक्ष ढकेन्द्र कुँवरले बताए।

पदाधिकारी र नगर कमिटी सदस्यका साथै साँफेबगरबाट करिब एक हजार बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर रावलको अभियानलाई साथ दिने उनको दाबी छ।

ताजा समाचार

सम्बन्धित समाचार